Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्पेनिवरूद्ध क्रोएसियाको कठिन जित

$
0
0

काठमाडौँ, ३० कात्तिक । गएराति भएको युइएफए नेशन्स लिगमा विश्वकप उपविजेता क्रोएसियाले स्पेनलाई ३-२ गोलले पराजित गरेको छ । निकै रोमाञ्चक खेलको पहिलो हाफमा कुनै पनि टोलीले गर्न सकेका थिएनन् ।

तर, दोस्रो हाफको ५४ औ मिनेटमा क्रोएसियाका लागि एन्द्रेज क्रामारिकले गोल गर्दै अग्रता दिलाए । खेलको ५६ औ मिनेटमा नै स्पेनका लागि ड्यानियल सेबालोसले बराबरी गोल फर्काए ।

खेलको ६९ औ मिनेटमा पुन क्रोएसियाले टिनको गोलमार्फत अग्रता बनाएको थियो । तर, खेलको ७८ औ मिनेटमा पेनाल्टीमार्फत सर्जियो रामोसले स्पेनका लागि बराबरी गोल फर्काए ।

खेलको अन्तिम समयमा क्रोएसियाले स्पेनविरुद्ध दबाब बनाइराख्न सफल भयो । खेल सकिन केही समय बाँकी रहँदा क्रोएसियाका लागि टिन जेडबजे व्यक्तिगत दोस्रो तथा खेलमा तेस्रो गोल गरेका थिए । यो जितसँगै क्रोएसियाले महत्वपुर्ण अंक जोड्न सफल भएको छ ।

The post स्पेनिवरूद्ध क्रोएसियाको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images