काठमाडौँ, ३० कात्तिक । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले रसियालाई ३-० गोलले पराजित गरेको हो ।
विश्वकपमा खराब खेल प्रदर्शन गरेको जर्मनी विस्तारै लयमा फर्कदै गरेको जर्मन प्रशिक्षक जोयचिम लोेले बताएका छन् ।
खेलको ८ औ मिनेटमा लिओरो सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
खेलको २५ औ मिनेटमा निकलास सूइलेले दोस्रो गोल गरे । पहिलो हाफको ४० औ मिनेटमा सर्जी जिनेब्रीले तेस्रो गोल गर्दा जर्मनीले तीन गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने कुनै पक्षबाट गोल हुन सकेन ।
The post रसियाविरुद्ध जर्मनीको सहज जित appeared first on Sajha Post.