Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

संघर्षपूर्ण खेलमा डेनमार्कसँग वेल्स पराजित

$
0
0


कार्डिफ, १ मंसिर । युइएफए नेसन्स लिग फुटबलको शुक्रबार राति भएको खेलमा डेनमार्कसँग हार बेहोरेको छ । वेल्स डेनमार्कसँग २–१ ले पराजित भएको हो ।

वेल्सको घरेलु मैदान कार्डिफमाभएको खेलमा ग्यारेथ वेलले गोल गरेपनि टिमको पराजयलाई रोक्न सकेनन् । ४२औं मिनेटमा निकोलाई जर्गेन्सेनले गोलसँगै पाहुना टोली डेनमार्कले खेलमा अग्रता कायम गरेको थियो ।

डेनमार्क पहिलो हाफसम्म १–० को अग्रताको अवस्थामा रहेको थियो । दोस्रो हाफको ८८औं मिनेटमा मार्टिन व्रेथवेटको गोलसँगै डेनमार्कले अग्रता दोब्बर बनायो । लगत्तै १ मिनेटपछि नै ग्यारेथ बेलले गोल गरेर डेनमार्कलाई चुनौती दिन खोजे । तर, त्यसपछि कुनै पनि गोल नभएपछि वेल्स पराजित भयो ।

यो जितसँगै नेसन्स लिग ‘बी’ को समूह ४ मा रहेको नेदरल्यान्डको ३ खेलबाट ७ अंक भएको छ । पराजित वेल्स ६ अंक जोडेर दोस्रो स्थानमा छ । केवल १ अंक जोडेको आयरल्यान्ड अंक तालिकाको पुच्छारमा रहेको छ ।

The post संघर्षपूर्ण खेलमा डेनमार्कसँग वेल्स पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles