Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

तनावपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई हरायो

$
0
0


इमिरेट्स, १ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । शुक्रबार राती लन्डनस्थित आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको दक्षिण अमेरिकी प्रतिद्वन्द्वीबीच भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई १–० ले पराजित गरेको हो ।

दक्षिण अफ्रिकी परम्परागत प्रतिद्वन्द्वीहरुको भिडन्त तनावग्रस्त बन्यो । ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको हो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई उरुग्वेका डियागो लक्जाल्टले लडाएका थिए । उक्त फललाई रेफ्रीले पेनाल्टीको मौकामा रुपान्तरण गरिदिएपछि नेयमारले आफ्नो करिअरको ६०औं अन्तर्राष्ट्रिय गोल गरे । उक्त गोल नै ब्राजिलको जितका लागि निर्णायक बन्यो ।

खेलको १०औं मिनेटमै उनले गरेको गोललाई रेफ्रीले अफसाइड घोषणा गरिदएका थिए । निकै तनावपूर्ण खेलमा उरुग्वेका ६ सहित ८ खेलाडीले पहेंलो कार्ड पाएका थिए । उरुग्वेका लुइस सुआरेजले दुई पटक सुन्दर अवसर सिर्जना गरेपनि ब्राजिलियन गोलरक्षक एलिसनले सुन्दर रक्षा गरे ।

The post तनावपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles