Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनालाई ओउसमाने डेम्बेलेको व्यवहार मनपरेन

$
0
0

काठमाडौँ, २ मंसिर । बार्सिलोनाका स्टार खेलाडी ओउसमाने डेम्बेले यतिखेर तनाबमा रहेका छन् । बार्सिलोनामा पर्याप्त समय खेल्न नपाएपछि उनले अनुशासन पालना नगरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बार्सिलोनाले यसबारे आधिकारीक प्रतिक्रिया भने दिएको छैन ।

तर, पछिल्ला खेलहरुमा उनी ट्रेनिङमा समयमा उपस्थित समेत नहुने तथा प्रशिक्षकको कुरालाई पनि अवज्ञा गर्ने जस्ता व्यवहारहरु देखाएपछि उनको कडा आलोचना भएको छ ।

१२० मिलियन डलर तिरेर बार्सिलोनाले उनलाई बोरुसिया डोर्टमण्डबाट किनेको थियो । उनको व्यवहारका कारण बार्सिलोनाले आउने सिजन उनलाई बेच्ने हल्ला पनि चलिरहेको छ ।

लिभरपुलले उनलाई किन्ने हल्ला चलिरहँदा बार्सिलोनाले भने उनको व्यवहारमा परिवर्तन आउने बताइरहेको छ ।

The post बार्सिलोनालाई ओउसमाने डेम्बेलेको व्यवहार मनपरेन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images