Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मोनाकोको संकट थियरी हेनरीले पार लगाउलान् त !

$
0
0

काठमाडौँ, २ मंसिर । कुनै समय लिग लिडर पिएसजीलाई कडा टक्कर दिने फ्रेन्च क्लब मोनाको यतिखेर संकटमा रहेको छ ।

स्टार खेलाडीहरु उत्पादन गर्ने क्लबमा गनिएको यस क्लब प्रशिक्षक थियरी हेनरी पनि कसरी यस संकटबाट बाहिर आउने अध्ययनमा रहेका छन् ।

यस सिजन १३ खेलमा सात अंक जोडेको मोनाको अंक तालिकाको १९ औ स्थानमा रहेका छन् ।

क्लबले स्तरीय खेलाडीहरुलाई बेचेपछि क्लब कमजोर भएको र संकटबाट बाहिर आउन क्लबले ठुलो रकम लगानी गर्नुपर्ने फुटबल विश्लेषकहरुको भनाइ छ ।

बेल्जियमको राष्ट्रिय टोलीमा विशेष सफलता हात पारेका थियरी हेनरीलाई क्लबको संकटले कडा चुनौती दिएको छ ।

प्रमुख प्रशिक्षकका रुपमा पहिलोपटक नियुक्त भएका हेनरीले क्लबमा आएको संकट हटाउँछन् वा आफ्नै पदबाट हट्नेछन् त्यो भने सबैको चासोको विषय बनेको छ ।

The post मोनाकोको संकट थियरी हेनरीले पार लगाउलान् त ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles