Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रामोस उत्कृष्ट खेलाडी होइनन्’

$
0
0

काठमाडौँ, २ मंसिर । लिभरपुलका स्टार खेलाडी भिर्जिल भ्यान डायकले रियल मड्रिडका डिफेण्डर सर्जियो रामोस आफुलाई मन नपर्ने खेलाडी भएको बताएका छन् । उनले भनेका छन्,‘सर्जियो रामोसले रियलबाट ठुलो उपलब्धि हासिल गरिसकेका छन् । तर, उनी मेरो रोजाइको खेलाडी भने होइनन् ।’
उनले थप्दै भनेका छन्,‘सर्जियो मेरा लागि उत्कृष्ट खेलाडी होइनन् ।’
उनका लागि राफायल भराने उत्कृष्ट रहेको बताएका छन् । उनले भनेका छन्,‘भराने सर्जियोभन्दा उत्कृष्ट खेलाडी हुन् । उनको खेल्ने शैलीको म फ्यान नै हुँ ।’
भराने युवा खेलाडी भएको र आफुलाई बारम्बार सुधार गर्ने पक्षमा रहने भएका कारण पनि आफुलाई मन परेको उनले बताएका छन् ।

The post ‘रामोस उत्कृष्ट खेलाडी होइनन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles