Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमार भन्छन्, ‘बालोन डी’ओर नजित्दैमा म मर्दिन’

$
0
0

(क्याम्पनाउ) १२ पुस । बर्सिलोनाका ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले आफू बालोन डी’ओरका लागि नभएर व्यक्तिगत खुशीका लागि फुटबल खेलिरहेको बताएका छन् । स्पेनिस लिगको वेबसाइटलाई दिएको एक अन्तर्वार्तामा उनले बालोन डी’ओरकै लागि आफूले मरिनमेट्ने बताए ।

‘बालोन डी’ओर जित्नु स्वभाविकरुपमा एउटा उद्देश्य हो, तर म यसका लागि मर्दिन,’ नेयमारले भने, ‘म आफ्नो खुशीको लागि फुटबल खेलिरहेको छु, र यहाँ (बार्सिलोनामा) खुशी पनि छु । यदि मैले बालोन डी’ओर जितिन भने पनि कुनै चिन्ता छैन, किनकी मैले यसका लागि फुटबल खेलेको होइन ।’

नेयमारले यस वर्षको बालोन डी’ओरमा आफ्नो नाम शीर्ष तीनभित्र नपर्दा पनि कुनै आश्चर्य नलागेको बताए । २४ वर्षीय ब्राजिलियन स्टारले भने, ‘मेरो नाम शीर्ष तीनमा नपरेकोमा मलाई कुनै चिन्ता छैन । बालोन डी’ओर प्रोत्साहनको एउटा स्रोत हो । तर, यो जित्दैमा मेरो जीवनमा केही बदलिनेवाला छैन । म केवल खुशी रहनका लागि खेलिरहेको छु ।’ 

यसवर्षको बालोन डी’ओर रियल मड्रिडका पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोले जितेका छन् । अघिल्लो वर्ष आफ्नै सहकर्मी लियनोल मेस्सीले फुटबलको यो सर्वोत्कृष्ट अवार्ड जित्दा नेयमार शीर्ष तीनमा परेका थिए ।

मेस्सी बालोन डी’ओरका किर्तिमानी विजेता हुन् । उनले ५ पटक यो अवार्ड जितेका छन् । रोनाल्डोको भागमा ४ वटा परेको छ । पछिल्लो नौ वर्षयता यी दुईबाहेक कुनै पनि अन्य खेलाडीले यो अवार्ड हात पार्न सकेका छैनन् ।

The post नेयमार भन्छन्, ‘बालोन डी’ओर नजित्दैमा म मर्दिन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles