Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

$
0
0

सुनसरी, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जित्दा महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीको पोल्टामा पर्‍यो ।

पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

पुरुषतर्फ नेपाली सेनाले सशस्त्र प्रहरीलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–२१, २५–२१ र २५–२२ अङ्कले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । रासस

The post पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles