Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

महिला विश्वकप क्रिकेट: भारतविरुद्ध सहज जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा

$
0
0

काठमाडौँ, ७ मंसिर । महिला विश्वकप क्रिकेटको सेमिफाईनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै ईङ्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा इंग्ल्याण्डले अष्ट्रेलियासँग उपाधिका लागि सामना गर्नेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत १ सय १२ रनमा अलआउट भएको थियो । भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ३४ रन बनाउन सफल भएकी थिइन् ।

भारतले इंग्ल्याण्डलाई १ सय १३ रनको लक्ष्य दिएको थियो । ईङ्ल्याण्डले २ विकेटको क्षतिमा निर्धारित खेलको १७ बल अगावै लक्ष्य पुरा गरेको थियो । इंग्ल्याण्डका लागि एमी जोन्सले ५३ र नेटली साईवरले ५२ रनको योगदान गरेका थिए ।

इंग्ल्याण्डका लागि नेटली साईवरले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।

The post महिला विश्वकप क्रिकेट: भारतविरुद्ध सहज जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles