काठमाडौँ, ७ मंसिर । रियल मड्रिडका स्टार खेलाडी मार्को एसिन्सोले रियलमा परेको गोलको खडेरीकाबारे प्रतिक्रिया दिएका छन् ।
क्रिस्टियानो रोनाल्डोको ओझेलमा परेका उनले बल्ल रियलबाट मौका पाउन थालेका छन् । यस सिजन खराब सुरुवात गरेको रियलले गोल गर्न नसक्दा सोचेजस्तो नतिजा हात पार्न सकेको थिएन ।
उनले भनेका छन्, ‘रियलमा गोल गर्न सक्ने क्षमतावान् खेलाडीहरु रहेका छन् । रियलले उपाधि जित्न सक्ने हैसियत अझै राख्छ ।’
गएको सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियलमा रोनाल्डो नभएपछि गोल गर्ने खेलाडीको संकट परेको थियो ।
यसैबिच प्रशिक्षक जुलेन लोपेतेगुईको जागिर पनि गयो । उनको स्थानमा आएका सोलारीले भने रियलमा सुधारका कामहरु गरिराखेका छन् । उनी आएपछि रियलले हालसम्म एक खेल पनि हारेको छैन ।
The post ‘रियल मड्रिडमा गोल गर्ने खेलाडीहरुको कमी छैन’ appeared first on Sajha Post.