काठमाडौँ, ९ मंसिर । १० जनामा सिमित लिभरपुलले वार्टफोर्डलाई ३-० गोलले पराजित गरेको छ ।
वार्टफोर्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई वार्टफोर्डका खेलाडीले रोक्न सकेनन् । यस सिजन लिग उपाधिको दाबेदबार मानिएको लिभरपुलले पहिलो हाफमा भने गोल गर्न सकेन ।
तर, दोस्रो हाफमा भने उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भयो । खेलको ६७ औ मिनेटमा मोहमम्द सलाहले लिभरपुलका लागि पहिलो गोल गरे । खेलको ७६ औ मिनेटमा ट्रेन्ट एलेक्जेण्डर आर्नवल्र्डले फ्रिककिकमार्फत सानदार गोल गर्दै लिभरपुललाई दुई गोलको अग्रता दिलाए ।
खेलको ८२ औ मिनेटमा जोर्डन हेण्डरसन रातोकार्ड खाँदै बाहिरिएपछि लिभरपुल १० जनामा सिमित भएको थियो । तर, खेलको ८९ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।
यो जितसँगै लिभरपुलको १३ खेलमा ३२ अंक भएको छ । लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । वार्टफोर्ड २० अंकका साथ नवौँ स्थानमा रहेको छ ।
The post म्यानचेस्टर सिटीलाई पछ्याउँदै लिभरपुल, वार्टफोर्डविरुद्ध सहज जित appeared first on Sajha Post.