Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराउन सकेन, मोरिन्होको जागिर धरापमा

$
0
0

काठमाडौँ, ९ मंसिर । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई क्रिस्टल प्यालेसले गोलरहित बराबरीमा रोक्न सफल भएको छ । यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको म्यानुले क्रिस्टल प्यालेसविरुद्ध जित दर्ता गर्न सकेन ।
खेलमा दुवै टोलीले गोल गरेपनि रेफ्रीले अफसाइड दिएको थियो । खेलमा युनाइटेडका रोमेरो लुकाकुको गोल अफसाइड भएको थियो भने क्रिष्टलका कोयुटेले गोल अफसाइड बनेको थियो । लगातार अंक जोड्न असफल भएपछि म्यानुका प्रशिक्षक जोसे मोरिन्होमाथि दबाब बन्न थालेको छ । केही विश्लेषकहरुले उनलाई बर्खास्त गर्नुपर्ने तर्क समेत राखिसकेका छन् ।
१३ खेलबाट २१ अंक जोडेको म्यानु सातौं स्थानमा छ । ९ अंक जोडेर क्रिष्टल १५ औं स्थानमा छ ।

The post म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराउन सकेन, मोरिन्होको जागिर धरापमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991