Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पराजित हुनबाट जोगियो बार्सिलोना, अन्तिम मिनेटमा एट्लेटिको चुक्यो

$
0
0

काठमाडौँ, ९ मंसिर । गएराति भएको स्पेनिस ला लिगामा बलियो टोली एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित हुनबाट जोगिएको छ ।

एट्लेटिकोसँग बार्सिलोनाले एकएक गोलको बराबरी खेल खेलेको हाे ।

बार्सिलोनालाई हार्नबाट जोगाए यस सिजन चौतर्फी आलोचना सहेका ओउसमाने डेम्बेलेले ।

शिर्ष स्थानमा रहेको बार्सिलोनालाई अंकदुरी बढाउन खेल जित्नै पर्ने दबाब थियो अंकदुरी कम गर्न एट्लेटिकोलाई पनि जित्नै पर्ने दबाब थियो । एट्लेटिकोको घरेलु मैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् ।

दोस्रो हाफको ७७ औ मिनेटमा डियगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएर ।

तर, खेलको अन्तिम मिनेटमा डेम्बेलेले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक बाडेका छन् ।

बार्सिलोना यस अघिको खेलमा रियल बेटिससँग पराजित भएको थियो । शिर्षस्थानमा रहेको बार्सिलोनाले १३ खेलमा २५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको एट्लेटिकोको २४ अंक रहेको छ ।

The post पराजित हुनबाट जोगियो बार्सिलोना, अन्तिम मिनेटमा एट्लेटिको चुक्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles