Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युभेन्ट्सको अपराजित यात्रा कायमै

$
0
0

काठमाडौँ, ९ मंसिर । गए राति भएको इटालियन लिग सिरिया ‘ए’ मा युभेन्ट्सले सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएएल) लाई २-० गोलले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्डजुकिकले एकएक गोल गरेका थिए ।

युभेन्ट्सका लागि खेलको २९ औ मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । खेलको ६० औं मिनेटमा मान्डजुकिकले गोल गरे ।

यो जितसँगै युभेन्ट्सको १३ खेलबाट ३७ अंक भएको छ । पराजित एसपीएएल १३ अंक जोडेर १५ औं स्थानमा छ ।

The post युभेन्ट्सको अपराजित यात्रा कायमै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles