Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारत र वेष्ट इण्डिजको खेल अघि नै विजेता तोक्दै सट्टा बजारमा यस्तो चहलपहल !

$
0
0

मुम्बई, १८ चैत । आईसीसी ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमीफाइलनमा बिहीबार भारत र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुँदैछ । खेल मुम्बईस्थित वानखाडे स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । आजको विजेताले फाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Daud Ibrahim

यस खेललाई टी-ट्वान्टीका वादशाह क्रिस गेल र हालका नम्बर १ ब्याट्सम्यान विराट कोहलीबीचको भिडन्तकारुपमा पनि हेरिएको छ । खेल सुरु हुन केही घण्टामात्रै बाँकी छँदा सट्टाबजारमा निकै चहल-पहल बढेको छ ।

भारतविरोधी गतिविधिमा सक्रिय दाउद इब्राहिमको टीम सट्टेबाजीमा निकै अघि देखिएको छ । दुबई र पाकिस्तानलाई केन्द्र बनाएर सट्टेबाजी गर्दै आएका दाउदले यसपट इण्डियाले जित्ने अड्कलसहित सट्टाको भाउ तोकेका छन् ।

दाउद एण्ड कम्पनीले इण्डियाको जितमा १ रुपैयाँ ४० पैसा र वेष्ट इण्डिजको जितमा त्यसको ठ्याक्कै दोब्बर २ रुपैयाँ ८० पैसा भाउ तोकेको छ । सट्टाबाजहरुले जित्ने कम सम्भावना भएको टिमको भाउ बढी राख्ने गर्छन् । यानिकी धेरै पैसाको लोभमा धेरैले कमजोर टिममा बेट राख्ने र त्यो सबै पैसा सोहोर्दा फाइदा हुने उनीहरु क्याल्कुलेशन हुन्छ ।

दाउदको टिमले प्लेयरमाचाहीँ विराट कोहलीलाई भन्दा क्रिस गेललाई महत्व दिएको खबर भारतीय अनलाइनहरुमा छ । क्रिस गेलले सानदार ब्याटिङ गर्ने पक्षमा बेट राख्न चाहनेहरुले आफूले राखेको पैसाको तेब्बर पाउँछन् । विराट कोहलीको हकमा यो रकम चौबर छ ।

यसअघि भारत-पाकिस्तान म्याचमा करिब २५ सय करोड बराबरको बाजी लागेको र आज ४ हजार करोड बराबरको बाजी लाग्न सक्ने अनुमान गरिएको छ ।

The post भारत र वेष्ट इण्डिजको खेल अघि नै विजेता तोक्दै सट्टा बजारमा यस्तो चहलपहल ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles