Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जनकपुर मारवाडी क्रिकेट लिगको सेमी फाइलनमा प्रवेश

$
0
0

चितवन, १८ चैत । चितवनमा सञ्चालन भइरहेको दोस्रो मारवाडी क्रिकेट लिगमा आफ्नो अविजित यात्रा जारी राख्दै मारवाडी युवा मञ्च जनकपुर सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको दुवै खेल जितेर क्वार्टर फाइलन प्रवेश गरेको जनकपुरले मारवाडी युवा मञ्च धनगढीलाई पाँच विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो ।

Cricketबिहीबार नारायणगढको क्याम्पा चौरमा भएको दोस्रो क्वार्टरफाइनमा टस हारेर ब्याटिङको निम्ता पाएको धनगढीले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८९ रन जोड्न सफल भयो । ९० रनको विजय लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ११ दशमलब तीन ओभर खेल्दै पाँच विकेटको क्षतिमा विजयी लक्ष्य भेटायो ।

जनकपुरको जितको लागि चन्दन टिग्रीवालले १९ बलमा ३१ रन, आकाश चोपडाले १६ बलमा ११ रनको योगदान दिए । जनकपुरका लागि बलर अनफिल चोपडाले चार ओभरमा १९ रन खर्चिदै तीन विकेट लिन सफल भए । त्यस्तै राहुल नहोरले चार ओभरमा १६ रन खर्चिदै तीन विकेट लिएका थिए भने राहुल बर्मा चार ओभरमा १४ रन खर्चिदै एक विकेट लिन सफल भए ।

धनगढीको लागि गौरव अग्रवालले ५४ बलमा २६ रन, मुकेश सिंगलले १२ बलमा १३ रन तथा नविन गोयलले नटआउट ११ बलमा नौ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । धनगढीका लागि राहुल बंशलले तीन ओभरमा १५ रन खर्चिदै दुई विकेट, पुनित मोहपालले दुई ओभरमा १० रन खर्चिदै दुई विकेट लिएका थिए । बिहीबारको खेलमा जनकपुरका चन्दन टिग्रीवाल म्यान अफ दी म्याच घोषित भए ।

शुक्रबार हुने सेमी फाइलनमा जनकपुर र भैरहवाबीच प्रतिष्पर्धा हुने नेपाल मारवाडी युवा संगठनका केन्द्रीय महासचिव सन्दिप कुमार अग्रवालले जानकारी दिए । जनकपुरले धनगढीलाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेको हो भने बुधबार भएको प्रतियोगितामा भैरहवाले नारायगढलाई १८ रनले हराउँदै सेमी फाइनलको यात्रा तय गरेको थियो ।

शुक्रबारको खेलमा विजयी हुने टोली पश्चिम क्षेत्रको बिजेता हुँदै पूर्व क्षेत्रको विजेतासँग चैत २२ गते बिराटनगरमा हुने फाइलनमा प्रतिष्पर्धा गर्ने मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष कञ्चन कुमार अग्रवालले बताए । चैत १३ गतेदेखि सुरु भएको प्रतियोगितामा मारवाडी समुदायका जम्मा १२ टोली सहभागी रहेका थिए । जनकपुरबाट पश्चिम तर्फको खेल नारायणगढमा आयोजना गरिएको थियो भने पूर्व क्षेत्रको खेल बिराटनगरमा सञ्चालन भइरहेको छ ।

The post जनकपुर मारवाडी क्रिकेट लिगको सेमी फाइलनमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles