Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः लिभरपुल पिएसजीसँग पराजित

$
0
0

काठमाडौँ, १३ मंसिर । गएराति भएको च्याम्पियन्स लिग खेलमा पिएसजीले लिभरपुललाई २-१ गोलले पराजित गरेको छ ।

पिएसजीको घरेलु मैदानमा भएको खेलको १३ औ मिनेटमा नै पिएसजीले अग्रता लिएको थियो । उसका लागि जुयज बर्नाटले गोल गरेका थिए । खेलको ३७ औ मिनेटमा नेयमारले दोस्रो गोल गरे ।

दुई गोलको अग्रता बनाएको पिएसजीविरुद्ध खेलमा फर्कन लिभरपुलले हरसम्भव प्रयास गरेको थियो । पहिलो हाफको अन्तिम समयमा लिभरपुलले पेनाल्टी पायो जसलाई सदुपयोग गर्दै जेम्स मिल्नरले गोल गरे ।

दोस्रो हाफमा लिभरपुलले पिएसजीलाई निकै दबाबमा राख्न सफल भएको थियो । तर, गोल फर्काउन भने सकेन । यो जितसँगै पिसएजीले पाँच खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । तेस्र्रो स्थानमा रहेको लिभरपुलको ६ अंक रहेको छ ।

त्यस्तै गएराति भएको अर्को खेलमा नेपोलीले एफके सिआरभेनालाई ३-१ गोलले पराजित गरेको छ । पाँच खेलमा ९ अंक जोडेको नेपोली शिर्षस्थानमा रहेको छ । लिभरपुलले अन्तिम खेल नेपोलीसँग खेल्नेछ ।

The post च्याम्पियन्स लिगः लिभरपुल पिएसजीसँग पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles