काठमाडौँ, १३ मंसिर । मोनाकोविरुद्ध सहज जित निकालेको एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा मोनाकोले खासै दबाब बनाउन सकेन र २-० गोलले पराजित हुन पुग्यो ।
खेलको दोस्रो मिनेटमा नै एट्लेटिकोले अग्रता बनाएको थियो । उसका लागि कोकले गोल गरे । खेलको २४ औ मिनेटमा एन्टोनियो ग्रिजम्यानले अग्रता दोब्बर बनाए ।
खेलको ८२ औ मिनेटमा एट्लेटिकोलाई झट्का लाग्यो जब स्टेफान साबिक रातोकार्ड खाँदै बाहिरिए । खेलको ८३ औ मिनेटमा पाएको पेनाल्टी मोनाकोका राधाम फाल्काओले सदुपयोग गर्न सकेनन् ।
यो जितसँगै एट्लेटिकोले पाँच खेलमा १२ अंक जोडेको छ भने अंक तालिकाको शिर्षस्थानमा रहेको छ ।
मोनाकोले यस सिजन झुर खेल प्रदर्शन गर्यो ।
उसले पाँच खेलमा एक अंकमात्र जोड्यो । यसै समुहको अर्को खेलमा बोरुसिया डोर्टमण्ड क्लब ब्रुगीसँग गोलरहित बराबरी खेल खेलेको छ ।
बोरुसिया पनि पाँच खेलमा १० अंक जोड्दै अर्को चरणमा प्रवेश गरेको छ ।
The post एट्लेटिको मड्रिड र बोरुसिया डोर्टमण्ड नकआउट चरणमा appeared first on Sajha Post.