Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युरोपा लिग: आर्सनल नकआउट चरणमा प्रवेश

$
0
0

काठमाडौँ, १४ मंसिर । गएराति भएको युरोपा लिगमा आर्सनलले भोर्सक्ला पोलटाभालाई ३-० गोलले पराजित गरेको छ ।

आर्सनलको जितमा इमिल स्मित रो, आरोन रामसे र जोसेफ विललकले गोल गरे । खेलको ११ औ मिनेटमा इमिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको २७ औ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै आरोन रामसेले अग्रता दोब्बर बनाए ।

खेलको ४१ औ मिनेटमा जोसेफले तेस्रो गोल गरे । दोस्रो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेन ।

यो जितसँगै आर्सनल ५ खेलमा १३ जोड्दै शिर्षस्थान रहेको छ भने अर्को चरणका लागि छनोट पनि भएको छ ।

The post युरोपा लिग: आर्सनल नकआउट चरणमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles