Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडका इस्को बार्सिलोना जाने

$
0
0

काठमाडौँ, १४ मंसिर । रियल मड्रिडका केही खेलाडी पर्याप्त समय खेल्न नपाएका कारण रुष्ट रहेका छन् । त्यसमध्येका एक अट्याकिङ मिडफिल्डर इस्को हुन् । उनी प्रशिक्षक सान्टियागो सोलारीको रोजाइमा परेका छैनन् ।

प्राय समय बेन्चमा बसेका उनले आफ्नौ मौनता तोडेका छन् । पछिल्लो ६ खेलमध्ये ५ खेलमा उनी स्टार्टिङ लाइनअपमा परेका छैनन् ।

पछिल्लो समय उनले क्लब छोड्ने कुरा पनि बजारमा आएको छ । बार्सिलोनाका पूर्व खेलाडी तथा हाल चाइनिज क्लबका प्रशिक्षक सर्जी बार्जुआन इस्को बार्सिलोना आउनसक्ने बताएका हुन् ।

रेडियो मार्सासँग कुरा गर्दै उनले भने ‘मलाई अन्य प्रशिक्षकहरुले कसरी स्टार्टिङ लाइनअप निकाल्छन् यो उनीहरुकै निर्णय हो । सोलारीले लिएको निर्णयमा मलाई केही भन्नु छैन ।’

उनका अनुसार बार्सिलोनको तर्फबाट कुरा गर्ने हो भने उनी रोजाइमा पर्न सक्छन् ।

 

The post रियल मड्रिडका इस्को बार्सिलोना जाने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles