काठमाडौँ, १४ मंसिर । समर्थकहरुबीचको झडपको कारण दुई पटक स्थगित कोपा लिबर्टाडोरेस अन्तर्गत बोका जुनियर्स र रिभर प्लेटबीचको दोस्रो लेगको खेल स्पेनमा हुने भएको छ ।
अर्जेन्टिनामा दोस्रो लेगको खेल खेलाउने वातावरण नभएपछि स्पेनमा गर्न लागिएको बताइएको छ ।
बोका जुनियर्स र रिभर प्लेटबीचको दोस्रो लेगको खेल स्पेनको मड्रिडस्थित सान्टियागो बेर्नाबेउमा गर्ने निर्णय गरिएको मिडिया रिपोर्टमा उल्लेख छ।
पहिलो लेग दुईदुई गोलको बराबरीमा सकिएको थियो भने दोस्रो लेगको खेल डिसेम्बर ९ मा हुनेछ ।
समर्थकबीच दंगा मच्चिएपछि दुई टोलीबीचको खेल स्थगित गरिएको थियो ।
The post अर्जेन्टिनामा खेल्ने वातावरण नभएपछि बोका जुनियर्स र रिभर प्लेटबीचको खेल स्पेनमा हुने appeared first on Sajha Post.