लन्डन, १५ मंसिर । चेल्सीका महान खेलाडी डिडिएर ड्रोग्बाले आफ्नो खेल जीवनमा प्रभाव पार्ने व्यक्तिलाई सम्झिएका छन् । उनले त्यस्ता व्यक्तिमध्ये फ्रान्क लाम्पार्ड एक रहेको बताएका हुन् ।
यी दुई खेलाडीले ८ वर्ष स्टामफोर्ड ब्रिजमा सँगै बिताएका थिए । इग्ल्यान्डका लाम्पार्डसँग यो सहकार्यका क्रममा चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिग उपाधि समेत उचालेको थियो ।
उनीहरुले साझेदारीमा प्रिमियर लिगमा मात्र ३६ गोल गर्न सफल थिए । उनीहरु आजसम्म पनि यस्तै साझेदारीमा छन् प्रिमियर लिगमा ।
ड्रोग्बा लामो सहकार्यलाई स्मरण गर्दै भन्छन्, ‘एउटा खेलाडीका कारण मैले सोचे भन्दा राम्रो गरेको छु, उनका कारण मैले धेरै गोल गरेको छु । उनी फ्रान्क लाम्पार्ड हुन् ।’
४० वर्षीय ड्रोग्बाले गत साता फुटबलबाट सन्यासको घोषणा गरे । यसक्रममा उनले विगत सम्झँदै भने, ‘हरेक दिनको प्रशिक्षणपछि हामी फेरि अभ्यास गर्थ्यौं, त्यसले केहि अनुभव हुन्थ्यो । जसले खेलका दौरान सहज हुन्थ्यो । हामी गोलका लागि पनि एकअर्कासँग प्रतिस्पर्धा गथ्र्यौ । पास मिलाउनका लागि मैले उनीबाट धेरै सिके ।’
उनले लाम्पार्डसँग मैदानमा बिताएका ८ वर्षको उच्च प्रशंसा गर्न भ्याए ।
ड्रोग्बाले विभिन्न प्रतियोगितामा १ सय ६४ गोल गरेका थिए ।
The post ड्रोग्बा भन्छन्- मेरा लागि लाम्पार्ड उत्कृष्ट appeared first on Sajha Post.