काठमाडाैं, १५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुदैछन् । पाँचौ चरणको खेल अन्तर्गतको पहिलो खेलमा च्यासल युथ क्लब र संकटा युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
हलचोक मैदानमा हुने यी दुई टोलीबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै टोलीले लिगमा अपेक्षित प्रर्दशन गर्न सकेका छैनन् । च्यासल ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ । संकटा ९ अंक सहित छैँठौं स्थानमा छ ।
यस्तै दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हँुदैछ । लिगमा सतप्रतिशत जित निकाल्न सफल मनाङ र विदेशी खेलाडीको प्रर्दशनमा राम्रो प्रर्दशन गरिरहेको सरस्वतीबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
मनाङ १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने सरस्वती ६ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
The post सहिद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै appeared first on Sajha Post.