Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडको खेल सुधारिदै, भ्यालेनसिया पराजित

$
0
0

काठमाडौँ, १६ मंसिर । स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियालाई २-० गोलले पराजित गरेको छ ।

सोलारी प्रशिक्षकका रुपमा नियुक्त भएपछि रियलले सुधारिएको खेल प्रदर्शन गर्दै आइरहेको छ ।

खेलको ८ औ मिनेटमा भ्यालेनसियाका लागि ड्यानियल वासले आत्मघाती गोल गर्दा रियलले अग्रता बनाएको थियो ।

खेलको ८३ औ मिनेटमा लुकास भाजकुइजले गोल गरेपछि रियलले जित सुनिश्चित गरेको थियो ।

यो जितसँगै रियलले १४ खेलमा २३ अंक जोडेको छ भने अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । १३ खेल खेलेको सेभिया २६ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

The post रियल मड्रिडको खेल सुधारिदै, भ्यालेनसिया पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles