Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बोरुसिया डोर्टमण्डको अपराजित यात्रा कायमै, बार्यन म्युनिखको कठिन जित

$
0
0

काठमाडौँ, १६ मंसिर । गएराति भएको बुण्डेसा लिगामा बोरुसिया डोर्टमण्डले फ्रिबर्गलाई २-० गोलले पराजित गरेको छ ।

बोरुसियाको जितमा मार्को रुइस र पाको अल्कासरले गोल गरे । मार्को रुइसले खेलको ४० औ मिनेटमा गोल गरे ।

त्यस्तै पाको अल्कासरले खेलको अन्तिम समयमा गोल गरेका थिए । यस सिजन अपराजित रहेको बोरुसियाको १३ खेलमा ३३ अंकका साथ शिर्षस्थानमा रहेको छ ।

त्यस्तै गएराति भएको अर्को खेलमा वेर्डर ब्रेमनलाई २-१ गोलले पराजित गर्दै बार्यन म्युनिख अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
बार्यनको जितमा सेर्गीले दुई गोल गरे ।

उनले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर, खेलको ३३ औं मिनेटमा ब्रेमेनका युया ओसाकाले बराबरी गोल फर्काएका थिए । खेलमा पुन चम्किए सेर्गी । उनले खेलको ५० औ मिनेटमा गोल गर्दै पुन अग्रता दिलाए । यो जितसँगै बार्यनले १३ खेलमा २४ अंक जोडेको छ ।

The post बोरुसिया डोर्टमण्डको अपराजित यात्रा कायमै, बार्यन म्युनिखको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles