काठमाडौँ, १७ मंसिर । आर्सनललाई कडा टक्कर दिएको टोटनहम अन्तत प्रिमियर लिगमा पराजित हुन पुग्यो । गएराति भएको खेलमा आर्सनलले टोटनहमलाई ४-२ गोलले पराजित गरेको छ ।
आर्सनलका लागि पिरी एमरिक अउमयाङले खेलको १० औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
तर, खेलको ३२ औ मिनेटमा टोटनहमका लागि इरिक डायरले बराबरी गोल फर्काएका थिए ।
खेलको ३४ औ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५६ औ मिनेटमा परी एमरिक अउमयाङले बराबरी गोल फर्काए । त्यसपछि आर्सनलले खेलमा दबाब बनाइराख्न सफल भयो ।
आर्सनलका लागि ७५ औ मिनेटमा लाकाजेटीले गोल गर्दै अग्रता दिलाए ।
खेलको ७७ औ मिनेटमा लुकास टोरियाले आर्सनलका लागि चौथो गोल गरे । यो जितसँगै आर्सनल ३० अंकका साथ लिगको चौथो स्थानमा उक्लेको छ । टोटनहम ३० अंकका साथ नै पाँचौ स्थानमा रहेको छ ।
The post टोटनहमविरुद्ध आर्सनलको सानदार जित appeared first on Sajha Post.