Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लेइसेस्टरविरुद्ध टोटनहमको सहज जित

$
0
0

काठमाडौँ, २३ मंसिर । गएराति भएको प्रिमियर लिगमा टोटनहमले लेइसेस्टर सिटीलाई २-० गोलले पराजित गरेको छ ।

टोटनहमको जितमा सन हुंग मिन र डि अलीले एकएक गोल गरे । खेलको ४५ औ मिनेटमा सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए ।

खेलको ५८ औ मिनेटमा डि अलीले दोस्रो गोल गरे ।

यो जितसँगै टोटनहमको १६ खेलमा ३६ अंक भएको भने अंकतालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।

लेइसेस्टर २२ अंकका साथ नवौ स्थानमा रहेको छ ।

The post लेइसेस्टरविरुद्ध टोटनहमको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles