Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाको जितमा लियोनल मेस्सीको दुई गोल

$
0
0

काठमाडौँ, २३ मंसिर । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पानियोललाई ४-० गोलले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे भने ओउसमाने डेम्बेले र लुइज स्वारेजले एकएक गोल गरे । खेलको १७ औ मिनेटमा फ्रिकिकमार्फत सानदार गोल गरेका थिए ।

खेलको २६ औ मिनेटमा डेम्बेलेले दोस्रो गोल गरे । खेलको ४५ औ मिनेटमा लुइज स्वारेजले गोल गरे । यस सिजन उच्च फर्ममा रहेका लियोनल मेस्सीले खेलको ६५ औ मिनेटमा चौथो गोल गरे ।

इस्पानियोलमाथि सहज जित हात पारेको बार्सिलोनाले १५ खेलमा ३१ अंक जोड्दै शिर्षस्थानमा रहेको छ । इस्पानियोल २१ अंकका साथ नवौँ स्थानमा रहेको छ । गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले एलाभेसलाई ३-० गोलले पराजित गरेको छ ।

The post बार्सिलोनाको जितमा लियोनल मेस्सीको दुई गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles