काठमाडौँ, २३ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा आज विशेष तीन खेल हुदैछन्।
सातौ चरणको खेलमा सरस्वती युथ क्लबले विभागीय टिम एपीएफसँग आमनेसामने गर्दैछ ।
त्यस्तै जावलाखेल युथ क्लबले बलियो प्रतिस्पर्धी थ्री स्टारसँग खेल्देछ ।
बिहान ११ बजे एपीएफ र सरस्वती आमनेसामने हुने खेलमा दुवै टोली अंक खोस्ने दाउमा रहेका छन् ।
एनआरटीविरुद्वको खेलमा सानदार खेल खेलेको विभागीय टिमले सरस्वतीलाई पनि हराउने दाउमा रहेको छ । ७ अंक जोडेको एपीएफ तालिकाको आठौ स्थानमा छ ।
६ अंक जोडेको सरस्वती नवौ स्थानमा छ ।
यस सिजनको बलियो टोली र फर्ममा रहेको थ्री स्टार क्लबले जावालखेलविरुद्ध जित निकाल्नै पर्ने दबाब रहेको छ । शिर्षस्थानमा रहेको मनाङलाई दबाब दिन पनि जित्नै पर्ने दबाब रहेको छ ।
थ्री स्टार १५ अंक सहित तेस्रो स्थानमा छ । जावलाखेल ४ अंक सहित ११ औ स्थानमा छ ।
आजै हुने तेस्रो खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
The post ‘ए’ डिभिजन लिग: आज हुँदैछन् विशेष तीन खेल appeared first on Sajha Post.