Image may be NSFW.
Clik here to view.
काठमाडौँ, २४ मंसिर । गएराति भएको कोपा लिबर्टाडोरेस कपको उपाधि रिभर प्लेटले जितेको छ । दोस्रो लिगमा बोका जुनियर्सलाई अतिरिक्त समयमा ३-१ गोलले पराजित गर्दै रिभर प्लेटले उपाधि जितेको हो ।
खेलको ९० औ मिनेटसम्म एकएक गोलको बराबरी खेल खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । तर खेलको ९२ औ मिनेटमा विलमर बारिओसले रातो कार्ड पाएपछि जुनियर्स अतिरिक्त समयमा १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि रिभर प्लेटले दुई गोल गरेको थियो । रिभर प्लेटका लागि जुयन र मार्टिनेजले एकएक गोल गरेका थिए । सम्रगमा रिभर प्लेटले ५-३ गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
समर्थकहरुबीचको झडपको कारण दुई पटक स्थगित भएपछि फाइनलको दोस्रो लेग खेल स्पेनीस क्लब रियल मड्रिडको मैदानमा खेलाईएको थियो ।
The post रिभर प्लेटले जित्यो ‘कोपा लिबर्टाडोरेस’को उपाधि appeared first on Sajha Post.