Image may be NSFW.
Clik here to view.
काठमाडौँ, २४ मंसिर । इन्डोनेसियाको लिग वानमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
रोहितले मोस्ट भ्यालुयवल प्लेयर्स अर्थात उत्कृष्ट खेलाडीको उपाधि पाएका हुन् । पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए ।
जाकार्ताको मुख्य सदस्यको रुपमा रहँदै आएका रोहितले एकपछि अर्को राम्रो प्रदर्शन गर्दै आएका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनमा जाकार्ताले लिग वानको उपाधि उचाल्न सफल भएको हो । दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलर हुन् ।
रोहित ईन्डोनेशियाको जाकार्ता क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् ।
The post ईन्डोनेशियामा रोहित ‘उत्कृष्ट खेलाडी’ घोषित appeared first on Sajha Post.