काठमाडौँ, २५ मंसिर । गएराति भएको प्रिमियर लिगमा इभर्टन वाटफोर्डसँग पराजित हुनबाट जोगिएको छ । इभर्टनले वाटफोर्डसँग दुई दुई गोलको बराबरी खेल खेलेको हो । खेलमा अग्रता इभर्टनले लिएको थियो ।
उसका लागि खेलको १५ औ मिनेटमा रिचार्लसनले गोल गरेका थिए । तर, खेलको ६३ औ मिनेटमा सिइमस कोलम्यानले आत्मघाती गोल गरेपछि वाटफोर्डलाई खेलमा फर्कन राहत मिलेको थियो ।
खेलको ६५ औ मिनेटमा वाटफोर्डका लागि डोउकोर्नेले गोल गर्दै अग्रता दिलाएका थिए ।
पछिल्लो समय झुर खेल प्रदर्शन गरेको वाटफोर्डविरुद्ध खेलको अन्तिम मिनेटमा लकास डिंगले बराबरी गोल फर्काएका थिए । यो बराबरीसँगै १६ खेलमा इभर्टनको २४ अंक र वाटफोर्डको २१ अंक भएको छ ।
The post इभर्टन वाटफोर्डसँग पराजित हुनबाट जोगियो appeared first on Sajha Post.