काठमाडौँ, २५ मंसिर । टोेटनहमलाई च्याम्पियन्स लिगमा आज गर वा मरको अवस्था रहेको छ ।
बलियो प्रतिस्पर्धी बार्सिलोनसँग टोटनहमले आमने सामने गर्दैछ ।
टोटनहमले अन्तिम १६ मा स्थान बनाइसकेको छैन । बार्सिलोनालाई पराजित गर्ने दाउमा टोटनहम रहेको छ ।
समूह चरणका ५ खेल सकिँदा बार्सिलोनाले ४ खेलमा जित तथा १ खेलमा बराबरी खेलेर १३ अंक जोडेको छ । त्यस्तै २ खेलमा जित १ खेलमा बराबरी तथा २ खेलमा नै हार व्यहोरेर टोटनहम र इन्टर मिलानले समान ७–७ अंक जोडेका छन् । उनीहरुको गोल अन्तर पनि समान –१ नै रहेको अवस्थामा टोटनहम बार्सिलोनाको घरेलु मैदानमा जितको लागि आउनेछ ।
अर्को खेलमा इन्टर मिलानले सान सिरोमा पीएसभी आइनहोभेनको सामना गर्ने । पीएसभी तुलनात्मक रुपले कमजोर टिम हो । सोही कारणले टोटनहमले बलियो स्क्वाड बार्सिलोनाविरुद्ध उतार्नेछ ।
बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले भने युवा खेलाडीलाई अवसर दिने सम्भावना रहेको छ ।
बार्सिलोनाले टोटनहमलाई प्रि–सिजनमा पेनाल्टीमा हराएको थियो । खेलको नियमित समय २–२ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा बार्सिलोना ५–३ गोलले विजयी भएको थियो ।
The post टोेटनहमलाई गर वा मरको अवस्था, बार्सिलोनालाई पराजित गर्ने दाउमा appeared first on Sajha Post.