Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिग प्रिभ्युः नेपोलीमाथि जित्नै पर्ने दबाबमा लिभरपुल

$
0
0

काठमाडौँ, २५ मंसिर । आज राति हुने च्याम्पियन्स लिगमा लिभरपुल र नेपोली आमनेसामने गर्दैछन् ।

९ अंकका साथ शिर्ष स्थानमा रहेको नेपोलीविरुद्ध लिभरपुलले जित निकाल्नु पर्ने बाध्यता रहेको छ ।

तेस्रो स्थानमा रहेको लिभरपुलको ६ अंकमात्र रहेको छ भने दोस्रो स्थानमा रहेको पिएसजीको ८ अंक रहेको छ । लगातार तीन खेल हारेको लिभरपुलले यस खेलमा जित हात पार्न सके अन्तिम १६ मा स्थानमा बनाउन सक्नेछ ।

यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ । प्रिमियर लिगमा अपराजित रहेको एकमात्र टोली लिभरपुलले च्याम्पियन्स लिगमा भने सोचेजस्तो खेल खेल्न सकेन ।

घरेलु मैदानमा भएका दुई खेलमा जित हात पारेको लिभरपुलले नेपोलीमाथि पनि जित्नै पर्ने दबाब रहेको छ । पहिलो चरणको लिगमा नेपालीसँग लिभरपुल १-० गोलले पराजित भएको थियो ।

तर, यसपटक एनफिल्डमा हुने खेलमा लिभरपुल आफ्नो पक्षमा नतिजजा निकाल्न चाहन्छ । पिएसजीले सिआर भेनालाई पराजित गर्नै पर्ने अवस्था रहेको छ । ग्रुप अप डेथमा कुन टिमले अन्तिम १६ मा स्थान बनाउने हुन् यो भने चासोको विषय बनेको छ ।

The post च्याम्पियन्स लिग प्रिभ्युः नेपोलीमाथि जित्नै पर्ने दबाबमा लिभरपुल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles