Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः कुन कुन टोलीले अन्तिम १६ मा स्थान बनाए

$
0
0

काठमाडौँ, २५ मंसिर । आज राति च्याम्पियन्स लिगमा लिग चरणका अन्तिम खेलहरु हुँदैछन् । केही विश्वप्रतिष्ठित क्लबहरुले सोचेजस्तो खेल खेल्न सकेनन् भने केही क्लबहरुले कडा टक्कर दिन सफल भए ।

आज राति हुने खेलले केही क्लबले अर्को चरणमा पुग्ने झिनो आशा बोकेका छन् भने केही क्लबलाई गर वा मरको अवस्था रहेको छ । आउनुहोस् हेरौँ कुन कुन क्लबे अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

समुह ए बाट एट्लेटिको मड्रिड र बोरुसिया डोटमण्र्ड अन्तिम १६ का लागि छनोट भइसकेका छन् ।

समुह बी बाट बार्सिलोना छनोट भएको छ । आज राति हुने च्याम्पियन्स लिगमा टोटनहम वा इन्टर मिलानमध्ये एक टोलीले अर्को चरणमा स्थान बनाउनेछन् ।

ग्रुप सीमा नेपाली, लिभरपुल र पिएसजीमध्ये दुई टोलीले अर्को चरणमा प्रवेश गर्नेछन् । यी टोलीहरुलाई जित्नै पर्ने दबाब रहेको छ ।

ग्रुप डी बाट पोर्टो र साल्केले अन्तिम १६ का लागि छनोट भइसकेका छन् ।

ग्रुप इ बाट बार्यन म्युनिख र आयाक्स अन्तिम १६ का लागि छनोट भइसकेका छन् ।

ग्रु एफ बाट म्यानचेस्टर सिटी छनोट भइसकेको छ । लियोन र सख्तर डोनेस्टिकमध्ये जसले आफ्नो पक्षमा नतिजा हात पार्नेछन्, उक्त टिम अन्तिम १६ मा छनोट हुनेछ ।

ग्रुप जीबाट रियल मड्रिड र रोमा छनोट भइसकेका छन् ।

ग्रुप एचबाट युभेन्ट्स र म्यानचेस्टर युनाइटेड छनोट भइसकेका छन् ।

The post च्याम्पियन्स लिगः कुन कुन टोलीले अन्तिम १६ मा स्थान बनाए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles