Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः बार्सिलोना र टोटनहम अन्तिम १६ मा प्रवेश

$
0
0

काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनासँग कठिन खेल खेलेको टोटनहम पराजित हुनबाट जोगिदै एकएक गोलको बराबरी नतिजा निकालेपछि अन्तिम १६ मा पुग्न सफल भएको छ ।

क्याम्प नाउमा सम्पन्न खेल च्याम्पियन्स लिगको अन्तिम १६ मा समूह बीबाट बार्सिलोना र टोटनहमले स्थान बनाएका छन् ।

पीएसभीसँग बराबरी खेलेसँगै इन्टर मिलान भने यूरोपा लिगमा झरेको छ ।

खेलको ७ अौं मिनेटमा बार्सिलोनाले ओस्माने डेम्बेलेले गोल गदै बार्सिलोनालाई अग्रता दिलाएका थिए । गर वा मरको अवस्थामा रहेको बार्सिलोनाविरुद्ध उनले सानदार गोल गरेका हुन् ।

तर, खेलको ८५ अौं मिनेटमा टोटनहमका लागि लुकास मोउराले ग‍ोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

 

The post च्याम्पियन्स लिगः बार्सिलोना र टोटनहम अन्तिम १६ मा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles