काठमाडौँ, २८ मंसिर । गएराति भएको युरोपा लिगमा आर्सनलले काराबागलाई १-० गोलले पराजित गरेको छ ।
समुह चरणको लिगको अन्तिम खेलमा आर्सनलले कठिन जित हात पारेको हो ।
आर्सनलका लागि एकमात्र गोल अलेजेण्डर लाकाजेटीले गोल गरे ।
यो जितसँगै आर्सनल युरोपा लिगमा अपराजित रहेको छ । आर्सनलले ६ खेलमा १६ अंक जोड्न सफल भएको छ ।
आर्सनल यस समुहको अंकतालिकाको शिर्ष स्थानमा रहेको छ ।
The post युरोपा लिगः आर्सनल समुह विजेता बन्यो appeared first on Sajha Post.