काठमाडौँ, २८ मंसिर । बार्सिलोनाका स्टार खेलाडी फरवार्ड ओस्माने डेम्बेलेलाई कसैले नराम्रो नगरेको जोर्डी अल्बाले बताएका छन् ।
अल्बाले यदी डेम्बेलेले केही गल्ती गरे भने पनि उनी निकै युवा खेलाडी भनेर क्षम्य हुने बताए ।
उनका अनुसार ड्रेसिङ रुममा पनि उनीलाई सबैले समान व्यवहार गरेका छन् । उनीप्रति घृणा कसले देखाएका छैनन् ।
कार्यक्रममा अल्बाले आफ्नो सम्झौता नविकरणको बारेमा पनि बोलेका छन् । उनले भने ‘मैले यो विषयको कुरालाई केही समय बिसाउन चाहेको छु । म शान्त पनि छु । म यो क्लबलमा अझै केही वर्ष बस्न चाहान्छु तर, क्लबको पनि आफ्नो धारणा हुन्छ ।’त्यस्तै, चेल्सीका स्ट्राइकर अल्भारो मोराटा
बार्सिलोना आउने बारेमा भने ‘उनी केही वर्षदेखि राम्रो फर्मममा रहेका छन् । उनी राम्रो खेलाडी भएकोले बार्सिलोना आउन तयार हो भने उनलाई स्वागत छ । तर, यो निर्णय लिने अधिकार क्लबलाई मात्र छ ।’
The post ‘डेम्बेलेप्रति घृणा कसैले देखाएको छैन’ appeared first on Sajha Post.