Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्ततः म्यानचेस्टर युनाइटेड क्लबको धैर्यताको बाँध टुट्यो, प्रशिक्षक मोरिन्हो बर्खास्त

$
0
0

काठमाडौँ, ३ पुस ।  म्यानचेस्टर युनाइटेडले प्रशिक्षक होसे मोरिन्होलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा आशलाग्दो खेल प्रदर्शन गर्न नसकेको पछि उनलाई क्लबले बर्खास्त गरेको हो ।

सन् २०१६ को मे महिनामा ठुलो अपेक्षाका साथ क्लबले उनलाई नियुक्त गरेको थियो । उनले म्यानुलाई युरोपा लिगको उपाधि जिताउन पनि सफल भएका थिए । गएको सिजन म्यानचेस्टर सिटीसँग उपाधिका लागि म्यानुले प्रतिस्पर्धा गरेको थियो ।

तर, यस सिजन खराब खेल प्रदर्शन गरेको म्यानु लिग लिडर लिभरपुलभन्दा १९ अंकले पछि परेको छ । लिभरपुलसँग ३-१ गोलले पराजित भएपछि म्यानु निकै कमजोर रहेको र प्रशिक्षकको रणनीति फेल खाएको आरोप मोरिन्हामाथि लागेको थियो ।

उनी आएपछि क्लबले ११ खेलाडीका लागि ४०० मिलियन पाउण्ड खर्च गरेको थियो ।

मोरिन्होमाथि क्लब बोर्डले विश्वास गरेको खबर आइरहँदा अन्तत क्लबको मनको बाँध टुटेको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै अस्थायी प्रशिक्षक नियुक्त गर्ने बताएको छ ।

The post अन्ततः म्यानचेस्टर युनाइटेड क्लबको धैर्यताको बाँध टुट्यो, प्रशिक्षक मोरिन्हो बर्खास्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles