काठमाडौँ, ४ पुस । २८ वर्षयताकै कमजोर खेल खेलेपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्न बाध्य बन्यो ।
फुटबल समिक्षकहरुका अनुसार मोरिन्हो पेपगुवार्डिवाला, उर्गेन क्लप, सारी, उनरी इमरी, मोरिसिन्हो पोचितिन्होको सामु अत्यन्त कमजोर सावित बने ।
प्रिमियर लिगमा १७ खेलमा ५ हार र पाँच बराबरी खेलेको म्यानुले जम्मा २६ अंकमात्र जोडेको छ । लिग लिडर लिभरपुलभन्दा म्यानु १९ अंकले पछि रहेको छ ।
यस अवस्थामा क्ल्बले ठुलो रकम खर्च गर्दा पनि सोचेजस्तो खेल खेल्न नसक्दा म्यानुले कठोर निर्णय लिएको फुटबल समिक्षकहरुले बताएका छन् ।
४०० मिलियन पाउण्ड खर्चेर स्टार खेलाडीहरु अनुबन्ध गरेको म्यानु बोर्ड र मोरिन्होबिच भएको विवाद अन्ततः छताछुल्ल हुन पुग्यो । फुटबल समिक्षकहरुका अनुसार प्रिमियर लिगमा आएका नयाँ प्रशिक्षक सामु मोरिन्होको रणनीति फेल खानु म्यानुका लागि हानिकारक बन्न पुग्यो ।
पोउल पोग्वासँगको सम्बन्धले पनि मोरिन्हो चर्चामा रहे । कतिले उनकै कारण म्यानुले मोरिन्होलाई बर्खास्त गरेको बताएका छन् ।
The post प्रशिक्षक मोरिन्हो बर्खास्त हुनुका प्रमुख कारणहरु appeared first on Sajha Post.