काठमाडौँ, ४ पुस । पल्सर सहिद स्मारक ए डिभिजनमा आज विशेषदुई खेल हुदैछन् ।
पहिलो खेलमा बिग्रेड ब्वाईज र नेपाली पुलिस आमने सामने गर्नेछन् भने दोस्रो खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
पछिल्लो समय फर्ममा रहेको पुलिस तीन अंक खोस्ने दाउमा रहेको छ । पुलिस १४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ भने ब्रिगेड ४ अंक सहित तालिकाको अन्तिम स्थानमा रहेको छ ।
थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच हुने रोमाञ्चक खेलमा एकले अर्कोलाई हराउने दाउमा दुवै टोली हुनेछन् ।
उपाधि जित्न हरसम्भव प्रयास गरेका यी टोली उच्च फर्ममा रहेका छन् ।
शीर्ष स्थानको मनाङ माथि दबाब राख्न पनि जित्नै पर्ने दबाब रहेको छ ।
जारी लिगमा थ्री स्टार र आर्मी दुवै टोली मनाङसँग मात्र पराजित भएका छन् ।
थ्री स्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।
The post पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग: थ्री स्टार भर्सेस त्रिभुवन आर्मी appeared first on Sajha Post.