Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिड फर्कन सक्छन् मोरिन्हो

$
0
0

एजेन्सी, ५ पुस । म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेपछि मोरिन्हो कुन क्लब जाने हुन् यो अब निकै चासोको विषय बनेको छ । रियल मड्रिडले प्रशिक्षक जोसेप लोपेतेगुइलाई बर्खास्त गरेपछि सोलारीलाई नियुक्त गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार मोरिन्हा रियल फर्कन सक्ने सम्भावना अधिक रहेको छ । रामोन क्लानड्रोनका अनुसार रियलका प्रमुख फ्लोरिन्टो पेरेज मोरिन्होको फ्यान नभए पनि रियलमा उनले स्वागत गर्न चाहेका छन् ।

यस अघि तीन वर्षसम्म मोरिन्होले रियलको जिम्मेवारी सम्हालेका थिए । खासै रियलमा रहँदा उनले सफलता नपाएपछि उनलाई क्लबले बर्खास्त गर्ने निर्णय लिएको थियो । रियलमा पुन उनी फर्कने सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पुर्व रियलका प्रमुख क्लानड्रोनले यस कुरामा कुनै पनि आश्चर्यत चकित कुरा नभएको बताएका छन् । रियलमा रहँदा आइकर कासिलस, सर्जियो रामोस, रोनाल्डोका कारण उनले रियल छोडेको हल्ला बाहिर आएको थियो ।

अब भने त्यो अवस्था नरहेको र नयाँ टिम निर्माणमा रियल रहेको उनले बताएका छन् । रियल फर्कने निर्णयबारे मोरिन्होले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

The post रियल मड्रिड फर्कन सक्छन् मोरिन्हो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles