Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘पोचितिनो’म्यानचेस्टर युनाइटेडको पहिलो रोजाइको प्रशिक्षक

$
0
0

एजेन्सी, ५ पुस । म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको जिम्मेवारी कसले पाउँला यसबारे ठुलै बहस सुरु भएको छ ।

मिडिया रिपोर्टका अनुसार केयरटेकर प्रशिक्षक सोल्सायरलाई जिम्मा दिएपनि सन् २०१९ मा म्यानुले टोटनहममा प्रशिक्षक मोरिसियो पोचितिनो ल्याउने तयारी गरेको छ ।

उनी टोटनहममा आएपछि क्लबले सानदार खेल प्रदर्शन गर्दै आइरहेको छ ।

उनले क्लबलाई शिर्ष चारमा ल्याउन सफल भएका थिए । उनीले टोटनहमको जिम्मेवारी लिएपछि क्लबले लगातार च्याम्पियन्स लिग खेलिरहेको छ । तर, हालसम्म उनले टोटनहमलाई उपाधि जिताउन भने सकेका छैनन् ।

म्यानुका लागि उपाधि जितेका प्रशिक्षक ल्याउनु पर्ने चर्चा पनि उत्तिकै चलेको छ । तर, पोचितिनो जुन क्लबमा गएका छन् उनले त्यस क्लबलाई स्तरीय बनाउन सफल भएका छन् ।

उनले उपाधि जिताउन नसकेपछि ती क्लबहरुले प्रतिष्ठित क्लबहरुलाई कडा चुनौती दिन भने सफल भएका थिए ।

उनले क्लबमा आएपछि ल्याउने परिवर्तनले नै उनी आज विश्वभर रहेका प्रतिष्ठित क्लबहरुले उनलाई अनुबन्ध गर्न चाहन्छन् । उनी म्यानुमा आउने लगभग पक्का जस्तै भएको केही समिक्षकहरुले बताएका छन् ।

The post ‘पोचितिनो’ म्यानचेस्टर युनाइटेडको पहिलो रोजाइको प्रशिक्षक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles