Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मोरिन्हो बर्खास्त परेपछि म्यानचेस्टर युनाइटेडको लगातार जित, पोग्वाले गरे दुई गोल

$
0
0

काठमाडौँ, १२ पुस । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हडल्सफिल्ड टाउनलाई ३-१ गोलले पराजित गरेको छ ।

मोरिन्हो बर्खास्त परेपछि म्यानुले लगातार दुई खेलमा सानदार जित हात पार्न सफल भएको छ ।

म्यानुको जितमा नेमाञ्जा माटिक र पोउल पोग्वाले गोल गरे । हडल्सफिल्ड टाउनका लागि एकमात्र गोल मार्थियस जर्जियससिनले गोल गरे । खेलको २८ औ मिनेटमा माटिकले गोल गर्दै म्यानुलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि म्यानु उत्तिकै बलियो देखियो । म्यानुका लागि यस सिजन विवादित बनेका खेलाडी पोउल पोग्वाले दुई गोल गरे ।

उनले खेलको ६४ औ र ७८ औ मिनेटमा गोल गरे ।

खेलको ८८ औ मिनेटमा हडल्स फिल्डका लागि मार्थियसले एक गोल फर्काउन सफल भए ।

यो जितसँगै म्यानुको १९ खेलमा ३२ अंक भएको छ । हडल्सफिल्ड अक तालिकाको २० औ स्थानमा झरेको छ ।

The post मोरिन्हो बर्खास्त परेपछि म्यानचेस्टर युनाइटेडको लगातार जित, पोग्वाले गरे दुई गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles