Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिग लिडर लिभरपुलको सानदार जित, अपराजित यात्रा कायमै

$
0
0

काठमाडौँ, १२ पुस । बक्सिङ डे मा पनि लिभरपुलका खेलाडीहरु उत्तिकै उत्साही देखिएका छन् ।

गएराति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले आफ्नो अपराजित यात्रा पनि कायम राखेको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा न्युक्यासलका खेलाडीहरु निरिहजस्तै देखिए । खेलको ११ औँ मिनेटमा डिफेण्डर डिजान लब्रेनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

दोस्रो हाफमा पनि लिभरपुल उत्तिकै लयमा देखियो । खेलको ४९ औ मिनेटमा मोहमम्द सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई दुई गोलको अग्रता दिलाए ।

यसै सिजन लिभरपुलमा अनुबन्ध भएका साकिरीले खेलको ७८ औ मिनेटमा गोल गरे ।

खेलको ८५ औ मिनेटमा फाबिन्होले गोल गरे । यो जितसँगै लिग लिडर लिभरपुलले अंकदुरी पनि बढाउन सफल भएको छ । दोस्रो स्थानमा रहेको टोटनहमभन्दा ६ अंकले लिभरपुल अगाडि रहेको छ ।

प्रिमियर लिगको दाबेदार मानिएको लिभरपुल यस सिजन १२ खेलमा क्लिन सिट निकाल्न सफल भएकोछ ।

The post लिग लिडर लिभरपुलको सानदार जित, अपराजित यात्रा कायमै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles