Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मनाङ दुई खेलअगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन

$
0
0

काठमाडौं, १२ पुस । मनाङ-मर्स्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।

आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङ आठौँ पटक लिग च्याम्पियन बनेको हो । पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक थियो ।

मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडिलाजा सोमिडेले एक–एक गोल गरे । सङ्कटाका सेड्रिक अबाले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा विशाल राईको गोलमार्फत मनाङले अग्रता बनाएको थियो । त्यस्तै ८७औँ मिनेटमा विशालकै क्रसमा एडिलाजाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा पुजन उपरकोटीले गोल गर्दै मनाङको जित सुनिश्चित गरे ।

खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि सेड्रिक अबाले सान्तोना गोल फर्काएका थिए । लिग उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ । मनाङले यसअघि २०४२÷२०४३, २०४३÷२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० गरी सात पटक उपाधि जितिसकेको छ ।

मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अङ्कका साथ लिग जितेको हो । दोस्रो स्थानको सङ्कटाको ११ खेलबाट २५ अङक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ ।

जारी लिगमा मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध ३–१, दोस्रोमा एनआरटीविरुद्ध २–०, तेस्रोमा थ्री स्टारविरुद्ध २–१, चौथोमा एपिएफविरुद्ध २–१, पाँचौमा सरस्वती युथविरुद्ध २–०, छैटौँमा जावलाखेल युथविरुद्ध १–०, सातौँमा मच्छिन्द्रविरुद्ध १–०, आठौँमा त्रिभुवन आर्मीविरुद्ध १–०, नवौँमा च्यासल युथविरुद्ध ३–१, दशौँ चरणमा नेपाल पुलिसविरुद्ध १–० र एघारौँ चरणमा सङ्कटाविरुद्ध ३–१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । मनाङ अब १२औँ चरणमा हिमालयन शेर्पा तथा अन्तिम चरणमा फ्रेण्ड्सविरुद्ध खेल्नेछ ।

मनाङले उपाधि जितेसँगै जारी लिगमा उसका लागि फरवार्ड ओलावाले आफिजले छ तथा अञ्जन विष्टले पाँच गोल गरेका छन् । मनाङले ११ खेलमा पाँच गोल खाँदा २१ गोल गरेको छ ।रासस

The post मनाङ दुई खेलअगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles