Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

साउथह्यामटन विरुद्ध वेस्टह्यामले सानदार कमव्याक गरेपछि…

$
0
0

काठमाडौँ, १३ पुस । गएराति भएको प्रिमियर लिगमा साउथह्यामटनलाई वेस्टह्यामले २-१ गोलले पराजित गरेको छ । साउथह्यामटनको घरेलु मैदानमा भएको खेलमा बेस्टह्यामले जित हात पारेको हो ।

खेलको ५० औ मिनेटमा नथान रेडमण्डले गोल गर्दै साउथह्यामटनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५३ औ मिनेटमा नै वेस्टह्यामका लागि फिलिप एण्डरसनले बराबरी गोल फर्काएका थिए । खेलको ५९ औ मिनेटमा एण्डरसनले नै गोल गर्दा वेस्टह्यामले अग्रता बनाउन पुग्यो ।

त्यसपछि खेलमा गोल हुन सकेन र खेल वेस्टह्यामले जित्यो । महत्वपुर्ण तीन अंक जोडेको वेस्टह्यामले १९ खेलमा २७ अंक जोड्न सफल भएको छ । साउथह्यामटनको १५ अंक रहेको छ ।

The post साउथह्यामटन विरुद्ध वेस्टह्यामले सानदार कमव्याक गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles