काठमाडौँ, १३ पुस । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले मार्सा मिडियालाई दिएको अन्तर्वार्तामा धेरै कुराको खुलासा गरेका छन् ।
उनले आफ्नो पारिवारिकदेखि व्यवसायिक कुराहरुबारे खुलेर कुरा गरेका छन् ।
बार्सिलोना पराजित हुँदा आफ्नो छोरा थियागोले खुबै आलोचना गर्ने बताएका छन् । उनले भनेका छन्, ‘थियागोले बिस्तारै खेल बुझ्दै गएको छ । बार्सिलोना हादाँ किन कसरी हारेको भनेर थुप्र प्रश्नहरु गर्ने गर्छ । माटियो अली बुझ्ने भइसकेको छैन ।’
थप सन्तान पाउने विषयमा पनि लियोनल मेस्सीले भनेका छन्, ‘हो म र एन्टोनिला छोरीको अपेक्षा गरिराखेका छौँ । तर, सिरो अली सानै छ । बल्ल उभिन खोज्दैछन् । त्यसबारे हामीले छलफल गरिराखेका छौँ ।’
The post मेस्सीका परिवारिक कुराहरुः हामी एउटा छोरी चाहन्छौँ appeared first on Sajha Post.