Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘गोल मेसिन रोनाल्डोले रियल छोडेपछि जोकोहीले पनि मिस गर्छन्’

$
0
0

काठमाडौँ, १७ पुस । बार्सिलोनाका स्टार लियोनल मेस्सी क्रिसमस र नयाँ वर्ष मनाउन अर्जेन्टिनामा व्यस्त रहेका छन् । यसै क्रममा लामो समयपछि उनले एक मिडियासँग खुलेर अन्तर्वार्ता दिएका छन् ।

मार्सा मिडियासँगको अन्तर्वार्तामा उनले विभिन्न पक्षका रहस्य खोलेका थिए । बेलोन डिओर देखि रोनाल्डोको प्रतिस्पर्धा र बार्सिलोनादेखि अर्जेन्टिनाको उपाधिबिहिन यात्राबारे उनले खुलेर कुराकानी गरेका थिए ।

लियोनल मेस्सलाई गरिएको प्रश्नमा रियल मड्रिडले क्रिस्टियानो रोनाल्डोलाई अत्यन्त मिस गरेको कुराले तपाईलाई कत्तिको अचम्मित बनाएको छ, उनले जबाफ दिएका छन्,

मैले सिजनको सुरुवातमा नै भनेको थिए रियल एउटा उत्कृष्ट क्लब हो । विश्वकै उत्कृष्ट क्लब हो । रियलमा स्टार खेलाडीहरुको कमी छैन । तर, जोकोहीले पनि रोनाल्डो जस्तो गोल मेसिनले क्लब छोड्दा मिस गर्न सक्छन् । उसले रियलबाट धेरैभन्दा धेरै गोल गरेको छ । रेकर्ड राखेको छ र अन्य धेरै पक्षहरु रहेका छन् । मलाई कुनै आश्चर्य लाग्दैन ।

The post ‘गोल मेसिन रोनाल्डोले रियल छोडेपछि जोकोहीले पनि मिस गर्छन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles